• Home
  • Trips
  • कैलाश मानसरोवर यात्रा

कैलाश मानसरोवर यात्रा

कैलाश मानसरोवर यात्रा

कैलाश मानसरोवर यात्रा

Overview And Highlights

कैलाश यात्रा को कार्यक्रम

पहिलो दिन: काठमाण्डौबाट त्रिशुली - धुन्चे हुँदै स्याब्रुबेसी वा टिमुरे (७ घण्टा) ।
हाम्रो यात्रा काठमाण्डौबाट बिहान बजे सुरु हुनेछ र हामी त्रिशुली - धुन्चे हुँदै स्याब्रुबेसी वा टिमुरेसम्म करिव ७  घण्टाको यात्रा पश्चात बास बस्ने छौँ ।


दोस्रो दिन: स्याब्रुबेसी वा टिमुरेबाट  हुँदै केरुङ (५ घण्टा | २८०० मिटर)
आजको हाम्रो यात्रा बिहानको चिया खाजा पश्चात गर्नेछौँ । हामी रसुवागढी नाका हुँदै बोर्डरमा आवश्यक ईमिग्रेशन प्रकृया पश्चात चाईनिज गाईडलाई भेटी, बस परिवर्तन गरी हामी अगाडि केरुङ तर्फको यात्रा तय गर्दछौं, आजको हाम्रो बसाई केरुङमा हुनेछ । टिमुरेदेखी करिव ५ घण्टामा हामी केरुङ पुग्नेछौँ ।

तेस्रो दिन: केरुङबाट सागा / ड़ोंग्बा (३७० किलो मिटर | ८ घण्टा | ४३०० मिटर हाईट)
आजको हाम्रो यात्रा करिब घण्टाको हुनेछ । हामी बाटोमा विभिन्न रमणिय स्थानहरु पिकुत्सो ताल, गणेश पर्बत तथा उच्च हिम शिखरहरुको अवलोकन गर्दै ब्रम्हपुत्र नदि पार गरी हाम्रो बसाई सागामा अथवा  ड़ोंग्बामा पुगेर हुनेछ ।

चौथो दिन: सागा अथवा  ड़ोंग्बा बाट मानसरोवर (५१० किलो मिटर |८ घण्टा | ४६०० मिटर हाईट)
आज हाम्रो यात्राको महत्वपूर्ण दिन हो करिव ८ घण्टाको यात्रा पछी हामी कैलाशको दर्शन गर्दै मानसरोबरको किनार ( च्यु गुम्बा) मा बास बस्नेछौ ।

पाँचौ दिन: मानसरोवर देखी दार्चेन (४० किलोमिटर | १ घण्टा | ४७०० मिटर हाईट) ।
आज हामी बिहान पवित्र मानसरोवर तालको किनारमा स्नान, पूजा तथा भजन किर्तन गर्नेछौ तथा दिउँसोको खाना पस्चात दार्चेन प्रस्थान गर्नेछौ ।

छैटौँ दिन: दार्चेन देखी यमद्वारसम्म बस (८ किलो मिटर | २० मिनेट) तथा यमद्वारदेखी देराफुकसम्म (१२ किलो मिटर | ८ घण्टा पैदल, ४९५० मिटर हाईट)
आजको बिहानको चिया तथा खाजा पस्चात कैलाश पर्वतको परिक्रमा सुरु हुन्छ, पहिले दार्चेनबाट यमद्वारसम्म बसमा र त्यसपछी पैदल यात्रा गर्दै देराफुक पुग्नेछौ । पैदल यात्रा गर्न नसक्ने यात्रीहरुको लागि यमद्वारमा घोडा उप्लब्ध हुनेछ तथा ब्याग बोक्नको लागि पोटरहरु पनि उपलब्ध हुनेछ । (घोडा- पोटरहरु शुल्क स्थलमै तिर्नुपर्ने)
( जो यात्रीहरु परिक्रमा गर्न सक्नु हुन्न, उहाँहरु दार्चेनमा नै अरु यात्रीहरुलाई पर्खेर बस्नु पर्नेछ ।)

सातौँ दिन: देराफुक बाट डोलमाला, गौरी कुण्ड हुँदै जुतुलफुक (१२ घण्टा / २3 किलोमिटर पैदल | | ४८५० मिटर हाईट)
आजको दिन यात्राको लागि अन्य दिन भन्दा कठिन छ, बिहान सबेरै हामी यात्रा सुरु गर्नेछौँ, यात्रीहरुले ५६०० मिटर उचाई पार गर्दै दिनभरको यात्रा पश्चात जुतुलफुकमा गई बास बस्नेछन् ।
 

आठौँ दिन: जुतुलफुक - दार्चेन - सागा ( ४८० किलोमिटर | ५ घण्टा )
बिहानै हामी जुतुलफुकबाट दार्चेन तर्फ लाग्नेछौ करिव घण्टाको पैदाल यात्रा पछी हामी बसमा दार्चेन आएर, जो परीक्रमा जानु भएको छैन उहाँहरु संगै हामी सागा आउने छौँ ।।

नबौँ दिन: सागा बाट केरुङ (१७० किलो मिटर | ६ घण्टा )

दसौँ दिन: केरुङबाट रसुवागढी-स्याब्रुबेशी- धुन्चे हुँदै काठमाण्डौ (१० घण्टा) ।
आज हाम्रो यात्राको अन्तिम दिन हो हामी बिहानै बोर्डेर पार गर्दै सिधै काठमाण्डौँ तर्फ यात्रा गर्नेछौ र काठमाडौंमा आए पछी हाम्रो यात्रा समाप्त हुनेछ ।


कैलाश मानसरोवर यात्रा प्याकेजको लागत।

मूल्य: नेपाली रुपैयाँ १,६०,०००/- प्रति व्यक्ति

बुकिङ, भुक्तानी, फिर्ता हुने फिर्ता नहुने:

कैलाश यात्राको मितिभन्दा १५ दिन अघिसम्म टुर बुकिङ स्वीकार गरिन्छ। बुकिङ गर्दा अग्रिम १००००/-  रकम र पासपोर्ट प्रतिलिपि दिनुपर्छ। कैलाश यात्रा गर्नु भन्दा आगाडी सबै रकम भुक्तानी गर्नु पर्ने हुन्छ   यदि भुक्तानी नभएको खण्ड मा यात्रा  रद्ध गरिने छ।  यद्यपि, यदि हाम्रो कारणले भ्रमण रद्ध गरियो भने, बुकिङ पुष्टि गर्न जम्मा गरिएको रकम पूर्ण रूपमा फिर्ता गरिनेछ वा कुनै एकसँग समायोजन गर्न सकिन्छ। यदि भ्रमण तपाईंको पक्षबाट रद्ध भयो भने यो कुनै पनि रकम फिर्ता हुँदैन।

भ्रमण सुरु भएपछि, यदि कुनै सहभागीले बिरामी वा कुनै कारणले यात्रा रद्द गरेमा, त्यहाँ कुनै पनि रकम फिर्ता हुने छैन र त्यसैले, यात्रा रद्द गरेको बिन्दुबाट प्रदान गरिएको कुनै पनि सेवासँग समायोजन गर्न सकिँदैन। सतह/हवाई यातायात, आवास, उपचार आदिमा लाग्ने सबै अतिरिक्त खर्च सम्बन्धित सहभागी वा सहभागीको निकटतम नातेदारले व्यहोर्नुपर्नेछ।

 


कैलाश मानसरोवर यात्रा गर्दा आवश्यक प्याकिङ सामानहरु


उच्च हिमाली क्षेत्र भएकोले जाडोको लागि चाहिने डाउन ज्याकेट, टोपी, ट्राउजर, हाईनेक, मोजाहरु, पन्जा, उनको सर्ट, मानसरोवर सम्मको लागि नर्मल जुत्ता, कैलाश पर्वत परीक्रमाको लागि ट्रेकिङ जुत्ता, सामान्य चप्पल एकजोर, ट्वाइलेट पेपर अनिवार्य, सन ग्लास, सनस्क्रिन क्रिम, सेभिङ किट, टावल, टुथपेस्ट, ट्रेकिङ लठ्ठी, थर्मस, रेनकोट,
 

खानेकुराहरु - ड्राई फुडहरु, चकलेट, चुईगम काजुबदाम, किसमिस, भुटेको मकै, भुटेको गहुँ, भुटेको चना, दालमोठचिउरा

औषधीहरु
आफ्नो दैनिक प्रयोगको औषधीहरु, त्यो बाहेक टाउको दुखेको, बान्ता नआउने, पखाला लाग्दा खाने औषधीहरु, पेन किलर, नेपाली सिटामोल, सन्चो, भिक्स, मुभ, लेक लागेमा खाने औषधी Diamox इत्यादी ।

पूजाको सामाग्रीहरु - धुप, बत्ती, अबिर, केसरी, जौ, तिल, सर्सिउ चामल, वेलपत्र, गाईको घुउ, मह, नैवध, सिँगो सुपारी, जनै, डोरोको धागो, रातो, सेतो र पहेलो वस्त्र, खुद्रा पैसा (भेटी), प्रसाद, फलफुल इत्यादी ।

मोवाइल, क्यामरा, पावर बैँक, मोबाईल चार्जर, टर्च लाईट (एक्स्ट्रा ब्याट्री सहित), एरफोन,

कैलाश मानसरोवर यात्रामा उपलब्ध सेवा तथा सुबिधा हरु

  • काठमाडौं / स्याब्रुबेसी, टिमुरे (सीमा) / काठमाडौंबाट बसबाट
  • स्याब्रुबेसी वा टिमुरमा १ रात फुल बोर्डमा (ब्रेकफास्ट, लंच र डिनर) र बस्ने व्यवस्था (शाकाहारी खाना)।
  • कैलाश यात्राको लागी चाहिने ट्राभल परमिट तथा भिसा
  • यात्रा कार्यक्रम अनुसार तिब्बतमा होटल / गेस्टहाउसमा आवास  फुल बोर्ड (ब्रेकफास्ट, लंच र डिनर)
  • कैलाश मान्सरोवर यात्रा अवधीभर नेपाली गाईड
  • तिब्बतको भ्रमणमा सबै शाकाहारी भोजन।(खाजा,चिया, खाना)
  • कुक, किचन केटाहरू र सहयोगीहरू
  • डफल झोला (व्यक्तिगत लुगा राख्न र लैजानको लागि ठूलो झोला)
  • मानसरोवर परीक्रमा बसबाट
  • ब्याक प्याक (डे ब्याग)
  • न्यानो ज्याकेट (फिर्ता गर्नै अवस्थामा)।
  • बुफे लंचको लागि स्टीलको तातो केसहरू।
  • कैलाश हिमालको परिक्रमा गर्दा खाना, इन्धन आदि बोक्ने याक र याक-मानिसहरू।
  • अक्सिजन सिलिन्डर।
  • गेमो बेग (उच्च उचाइमा जीवन बचाउने झोला) र आधारभूत प्राथमिक उपचार बक्स।
  • कैलाश र मानसरोवरको लागि तिब्बत भिसा शुल्क र अनुमति शुल्क।
  • भ्रमणको सफल समापनमा प्रमाणपत्र।

तल दिइएका सेवा तथा सुबिधाहरु मा  मूल्य समावेश छैन:  (शुल्क स्थलमै तिर्नुपर्ने)

  • कुनै पनि कारणले कार्यक्रममा तोकिएभन्दा बढी रात बस्नको लागि कुनै पनि ठाउँमा आवास र खानाको अतिरिक्त शुल्क
  • ढुवानी आदिको अतिरिक्त लागत पहिरो, हिमपात, राजनैतिक र प्राकृतिक गडबडी र अन्य कुनै पनि अप्रत्याशित अवस्थाहरू यो शुल्क समावेश छैन।
  • व्यक्तिगत प्रकृतिको खर्चहरू जस्तै बीमा, पेय पदार्थ, टेलिफोन कलहरू, सुझावहरू आदि।
  • कैलाश परिक्रमाको लागि सवारी गर्न आवश्यक भएमा पोनी र पोर्टेरेजको शुल्क।
  • कुनै पनि अन्य लागत समावेश रूपमा उल्लेख गरिएको छैन।

यदि तपाईलाई थप जानकारी चाहिन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्

मो . ९८५११६४४०९ / ०१ ४११०७९८

Inquiry This Trip

Similar Packages

Enjoy the popular trekking and tour packages in Nepal Himalayas. 2024.

Associated With

We Accept

All contents & photographs within this website is copyright © by Heritage Nepal - Tours and Treks

Developed By: Xenatech Nepal